Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हलिउड कलाकारले आन्दोलनकाे घोषणा गरे, झन्डै १ लाख ६० हजार जना सहभागी हुँदै

अमेरिकी फिल्म उद्योग हलिउडका कलाकारहरूले आन्दोलनको घोषणा गरेका छन् । फिल्म तथा रङ्गमञ्च र टेलिभिजन कलाकारहरूले स्ट्रिमिङ कम्पनीविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनमा स्क्रिन राइटर्स गिल्ड (एसएजी) ले पनि ऐक्यबद्धता जनाएको छ । स्ट्रिमिङ तथा स्टुडियो कम्पनीसँगको वार्ता असफल भएपछि कलाकारहरूले आन्दोलनको घोषणा गरेका हुन् । झन्डै एक लाख ६० हजार जना कलाकार आन्दोलनमा सहभागी हुँदैछन् ।

गएकाे ४० वर्षमा अमेरिकी रङ्ग कलाकारले शुरु गरेको यो सबैभन्दा ठूलो आन्दोलन रहेको बीबीसीले जनाएको छ । पहिलो चरणमा उनीहरूले क्यालिफोर्नियाको नेटफ्लिक्सको कार्यालयमा धर्ना दिएर आन्दोलन सुरु गर्ने तयारी गरेका छन् । नेटफ्लिक्सपछि उनीहरूले प्यारामाउन्ट, वार्नर र डिज्ने घेराउ गर्ने बताएका छन् ।

उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com