Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण

मंसिर,२२ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण भएको छ।
दिउँसो सवा २ बजे उडेको इन्डिगो एयरको विमानका एक जना यात्रु बिरामी परेपछि आकस्मिक अवतरण भएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जिसीले बताए ।

१६१ यात्रु बोकेको विमानमा सल्यान घर भएका रूद्रवीर खत्री पनि सवार थिए। उनमा छारे रोगको समस्या देखिएको एसएसपी जिसीले जानकारी दिए ।
उनमा विमान उडेको केहीबेरमै एक्कासि समस्या देखिएपछि अवतरण गरेको हो।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com