Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

इजरायलको हवाई आक्रमणबाट सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित

इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ । इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी सहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।

आक्रमणबाट दुई विमानस्थलको अवतरणका लागि छुट्याइएको धावनमार्गमा क्षति पुगेको सिरियाली सञ्चारमाध्यमलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । सिरियामा एक दशकभन्दा लामो समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी देशमाथि सयौँ हवाई आक्रमण गरेको छ ।

जसमा मुख्यतः इरान समर्थित सेना र लेबनानी हिजबुल्लाहका लडाकुका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ । हमासलाई समर्थन गर्ने इरानले गएको शनिवारदेखि इजरायलमाथि हमासले गरेको आक्रमणको पनि समर्थन गरेको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com