Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भक्तपुरको मध्यपुरठिमी कौशलटारमा शंकास्पद वस्तु

१७ फागुन, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–३, कौशलटारमा शंकास्पद वस्तु भेटिएको छ ।
मंगलबार बिहान ७ बजे भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी राजु पाण्डेले बताए ।उनका अनुसार कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिण पट्टी प्रेसर कुकुरभित्र शंकास्पद वस्तु राखिएको थियो ।

‘शंकास्पद वस्तु छ भन्ने खबर प्राप्त हुने वित्तिकै घटनास्थललाई सुरक्षित राखेर बम डिस्पोजल टोलीले ९ः०७ बजे डिस्पोज गरेको थियो पाण्डेले भने ‘डिस्पोज गरेर हेर्दा भाँडोभित्र २ मिटरको विजुलीको तार, इँटाको धुला, माटो र नो एमसीसी लेखिएको कागज भेटिएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com