Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

देव र अर्जुनको शतकमा कुवेतलाई ३४४ रनको लक्ष्य

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ।

शनिबार युएइमा भएको खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो।

नेपालका लागि ओपनर अर्जुन कुमाल र देव खनालले शतक प्रहार गरे। ओपनर कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १०८ रन बनाएर आउट भएका हुन्।

देव खनालले १०५ बलमा सतक प्रहार गरे। उनले १ सय ५ बलमा ८ चौका र १ छक्काको सहयोगमा सतक प्रहार गरेका हुन्। यस्तै १ सय १७ बलमा १ सय २५ रन बनाएर आउट भएका हुन्।

सुबास भण्डारीले ४ बलमा २ रन बनाएर आउट भए ।
यस्तै विशाल विक्रम केसीले १४ बलमा २३ रन बनाएर आउट भए। दिपक बोहोराले २७ बलमा १३ रन बनाएर आउट भएका थिए। यस्तै अर्को दिपक बोहोराले ९ बलमा १९ रन बनाएर आउट हुन पुगे। आकाश त्रिपार्ठीले १ बलमा २ रन बनाएर आउट हुन पुगे।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट हुनेछ।नागरिक दैनिक बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com