Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

नेसपाको १२ वाचामा

असोज, ७ काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले आफ्नो चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता व्यक्त गरेको छ । नेसपाले आइतबार सार्वजनिक गर्न लागेको घोषणापत्रको मूल नारा ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ रहेको छ ।

नेसपाको १२ वाचामा सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई पुर्‍याउने रहेको छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलबाटै उपलब्ध गराउने नेसपाको दोस्रो वाचा रहेको छ ।

लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो, सफा र खुल्ला शहर बनाउने नेसपाका अन्य वाचा रहेका छन् । देशैभरिका उद्यमीलाई प्रोत्साहन गर्ने, व्यावसायिक कृषिलाई प्राथमकिता, भौतिक पूर्वाधारमा विशेष पहल, सूचना प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता, बिजुलीलाई नै प्रमुख ऊर्जा बनाउने र महिला सुरक्षाको ग्यारेन्टी गर्ने अन्य वाचाहरू नेसपाको प्रतिबद्धतापत्रमा समेटिएको छ ।

‘मेचीदेखि महाकाली, सबैतिर विकास र खुसीयाली’ नारा उल्लेख गर्दै प्रतिबद्धतापत्रमा पार्टी अध्यक्ष भट्टराईले भनेका छन्, ‘प्रगतिशील राष्ट्रवादमा आधारित स्वाधीनता, संघीयताको सुदृढीकरण अनि समावेशी, समानुपातिक सहभागितामूलक लोकतन्त्र हाम्रो लक्ष्य हुनुपर्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com