Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

क्यानडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने एक महिला पक्राउ

साउन,२० काठमाडौं । प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार शर्पाले क्यानडा पठाइदिने भन्दै सात लाख ठगी गरेको आरोप छ। प्रहरीले शेर्पालाई आज गौशालाबाट पक्राउ गरेको हो।
प्रहरीले पीडितलाई क्यानडा जान १४ लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब पाउने राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर ठगी गरेको आरोप छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com