Yeti Khabar

२०८० मंसिर २१, बिहीबार - Thu Dec, 2023 -

२४ घण्टामा २३ घण्टा कामगरेर भएपनि रिजल्ट निकाल्ने पक्षमा छु: राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष (दुर्योधन)

सरकारले यही चैत १८ गते थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष नियुक्त गरेको थियो  । चैत १७ गते बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई  पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए  । उक्त नियुत्तिमा मुगु जिल्लाबाट लालचन्द्र बि.क पनि  नियुत्ति भएका थिए । yetikhabar.comले राष्ट्रिय भूमि आयोग मुगु जिल्लाका अध्यक्ष,नेकपा माओवादी केन्द्रका पूर्व केन्दीय महाधिवेशन आयोजक कमिटीका सदस्य तथा मुगु जिल्लाका पार्टी सह सचिव तथा बहिर्गमित जनमुक्ति सेना नेपालका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक लालचन्द्र विक  (दुर्योधन )सँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश

बधाई छ अध्यक्ष ज्यू ?

 धन्यबाद !

तपाईंले सोच्नुभएको थियो ,यती छिट्टै मुख्य कार्यकारी पदमा पुगिन्छ भनेर ?

अब यसो हो । हर मानिसले आफू जन्मिसकेपछि जीवनको यात्रा गरिरहँदा  पदमा पुग्ने कुरा सोच्नु सोभविक हो । भूमि आयोग मुगु जिल्लाको अध्यक्ष पदमा पुग्ने मात्र सोचेको होइन म एक कर्मी भएको नाताले जिम्मेवारीको आस अबस्य रहन्छ । मैले निरन्तर निस्वार्थ भावनाले कर्म गरेको थिएँ जिम्मेवारी पाएँ।

भूमि आयोग मुगु जिल्लाको अध्यक्ष पदमा नियुक्त हुनु भएको छ , अहिले कस्तो महसुस गरिरहनु भएको छ ?

अबस्य पनि उत्साहित छु। खुशी छु। तर पनि अहिलेको कठिन घडीमा चुनौतीहरु धेरै छन् चुनौती पनि छन् सम्भावना पनि छ , सम्भावना के छ भने मुगु जस्तो भौगोलिक रुपमा दुर्गम जिल्लाको जिम्मेवारी बहन गर्नु छ ।  त्यो क्षेत्रमा भूमिहिन दलित,भुहिन सुकुम्बासी अब्यबस्थित बस्तीहरु लाई व्यवस्थित गर्नु छ ।  भूमिहिनलाई व्यवस्थापन गर्नु छ । त्यो मैले सहजै गर्न सक्छु भन्ने मेरो बर्मले भन्छ ,चुनौती भनेको- विभिन्न तरिकाका मान्छेहरुले ती भूमिहीन सुकुम्बासी दलितहरुमाथि खेलबाड गर्ने एक वर्ग छ त्यो वर्गबाट चुनौती छ त्यो खराब मनसायमा लिप्त समाजलाई परास्त गर्दै अगाडि बढ्नुछ । त्यसकारण असम्भव भन्ने केही छैन सबै सम्भव गर्न सकिन्छ मेरो उद्देश्य पनि असम्भवलाई सम्भव गर्ने हो । भन्छन् ”असम्भव मूर्खको डायरीमा मात्र हुन्छ” । यी सबै चुनौतीलाई पार गर्दै अगाडि बढ्नु छ म सक्छु भन्ने आत्मविश्वास पनि छ ।

तपाई आज यो स्थानमा पुग्नको लागि मुख्य प्रेरणाको स्रोत के हो ? अहिले सबैभन्दा बढी कसलाई सम्झिनु भएको

 छ ?

मलाई जन्म दिने मेरा आदरणीय पूज्य बुवा/आमा सम्झिन्छु । मलाई जन्माउनुभयो,हुर्काउनुभयो,उचित शिक्षा दिनुभयो र त आज म यस स्थानमा छु । साथै मेरो समाज ,छरछिमेक पनि मेरो प्रेरणाका श्रोत हुन् । अर्को कुरा भनेको मलाई विश्वास गरेर यो जिम्मेवारी सुम्पने मेरो पार्टी नेकपा माओवादी (केन्द्र) पार्टीका श्रदय अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) कर्णाली प्रदेश कमिटीका आदरणीय नेता जनार्दन शर्मा, शक्ति बहादुर बस्नेत पार्टीको मुगु जिल्ला कमिटीका सम्पूर्ण कमरेडहरु मुख्यतः मलाई राजनीतिक रुपमा क्रियाशिल बनाउने मेरो संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल र त्यसमा क्रियाशिल सम्पूर्ण कमरेडहरु को निकै लामो देन छ ।

मेरा आदरणीय नेताहरुले मेरो आत्मविश्वासलाई विश्वास गर्दै युवा जोश जाँगरलाई अगाडि ल्याउनुपर्छ भन्ने भावले मलाई यो जिम्मेवारी सुम्पिनु भएको छ अबस्य पनि म जनताको कसम खाएर भन्छु मेरो नेताको यो कदमको कदर गर्दै कुनैपनि पार्टी हित विपरित कार्य गर्ने छैन र मेरा नेताहरुलाई निरास हुन दिने छैन ।

 अब सरकारी अधिकारी हो , नेताको धेरै कुरा गर्नुभयो तपाईँले कार्यसम्पादन गर्दा तपाइँका नेताको दबाब आउला नी! त्यसबेला कसरी अगाडि बढ्नुहुन्छ जनताको कुरा सुन्नुहुन्छ कि ? नेताको ?

पार्टीको नीतिनियम,निर्देशन,पद्धतिको पालना गर्दै राष्ट्रिय भूमि आयोगको ऐन कानुन भुमिहीन दलित,भुमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लागत संकलन सम्बन्धीत कार्यविधि  २०७८ को निर्देशनलाई पालना गर्छु त्यसमा जनताको काम परीहाल्छ  ।

कठिन परिवेशमा तपाईले यो जिम्मेवारी पाउँनु भएको छ । भूमि समस्या निकै बल्झिएको समस्या हो । यस्तो अवस्थामा तपाईंले कस्तो नीति तर्जुमा गर्नु हुन्छ ? ता कि निमुखा  भूमिहिन दलित,भूमिहीन सुकुम्बासीले साँच्चै न्याय पाएको महसुस गरून ?

जटिलता छन् । अबस्य पनी निकै कठिन छ तर पनि पाएको  जिम्मेवारी मैले पुरा गर्नुछ ।  समस्या समाधानको लागि जनहितमा कार्य गर्नु छ ।  जनहितमा कार्य गर्ने कुराको कुनै शंका छैन । मैले गर्छु ।  अहिलेको पुँजीवादी युगमा धनी झन् धनी भन्ने गरिब कंगाल बन्दै जाने प्रक्रियाको क्रमभंग गर्ने मेरो इच्छा छ । मेरो निर्देशिका,कार्यविधिले दिएसम्मको जिम्मेवारी हर हिसाबले पुरा गर्नुछ । भूमि सम्बन्धी समस्या समधान केन्द्रीय आयोग,भूमि व्यवस्थापन तथा गरिबी निवारण मन्त्रालयको निर्देशन पालना गर्नु पनि मेरो धर्म हो ।  भूमि सम्बन्धी सम्पूर्ण एन कानुनको प्रयोग गर्दै अगाडी बढ्ने हो ।  सत्य-तथ्य र निष्पक्ष कार्य सम्पादन गर्नु छ । जसमा सत्य उजागर गर्ने कार्य अल्ली कठिन छ तर पनि गर्नु छ । पहिला पनि भूमि आयोगको गठन भएको थियो त्यो आयोगले आयोगको रुपमा कार्य नगरी (एनजीओ) करण गरेको थियो । त्यो बेला धेरै काम बिगारेको छ त्यो बिग्रेको काम सुधार गर्नु छ ।  पहिला सबै केन्द्रमा केन्द्रित जिम्मेवारी अहिले विकेन्द्रित भएको छ ।  पहिलाको एनमा भ्रष्टचार गर्ने छिद्रा छोडेको थियो तर अहिले त्यस्तो छैन अलीकति गडबडी गर्दा बित्तिकै जेल जानु पर्ने  परिस्थिति छ । त्यसैले वास्तविक सुकुम्बासी,वास्तविक भूमिहीन दलित, अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्दै जानु छ । वास्तविक सुकुम्बासी पहिचान गर्नु छ  । तिनीहरूलाई भुमि दिनु छ ।  अहिले विभिन्न स्थानमा राज्यको सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसेका छन् त्यो बस्ती वास्तविक भूमिहीनको पहिचान गरी नक्कली भूमिहिनले कब्जा गरेको जग्गा फिर्ता लिईन्छन् अझ मत भन्छु २४ घण्टामा २३ घण्टा काम गरेर भएपनि रिजल्ट निकाल्ने पक्षमा छु । अन्य जिल्लामा पनि साथीहरु छन् उहाँहरुले के गर्नु हुन्छ थाहा छैन तर मेरो जिल्लामा भूमि आयोगको अध्यक्ष भएर पदबहाली गर्दै गर्दा मेरो पहिलो काम भनेको सत्य खोज्ने हो ।  मुगु जिल्ललाई भूमिहीन नागरिक मुक्त जिल्ला बनाउँछु । कोही गरीव  हुँदैन कोही पनि सुकुम्बासी रहँदैन । मैले अब त्यसरी काम गर्ने हो रिजल्ट निकाल्ने गरी काम गर्ने मेरो चाहन्छ त्यही हिसाबले काम गर्छु ।

यस्तो प्रतिबद्धता गर्दै गर्दा मुगु जिल्लामा पनि  विभिन्न राजनीतिक दलहरू छन्  निष्पक्ष रुपमा काम गर्न सक्नुहुन्छ ? तपाईंको अगाडि निकै चुनौती छ नी ?

मलाई पार्टीले सिफारिस गर्यो त्यसमा खुशी छु मैले पार्टीमा गरेको कामको मूल्यांकन गरेको हो  तर मैले सपथ खाइसकेपछि राज्यको एक निकायको प्रमुख अङ्ग हो । त्यसकारण मलाई राजनीतिक दलहरूसँग कुनै त्यस्तो घनिष्ठता हुँदैन दुश्मनी पनि हुँदैन सहकार्य हुन्छ।  समान रुपमा सबै दलसँग काम गरिन्छ मैले सपथ खाँदा माओवादी भनेर खाएको छैन/होइन राज्यको एक अधिकारी भएर खाएको हो । मैले जनताको काम गर्नुछ कुनैपनि पार्टीसँग आग्रही पूर्वाग्रही नभइकन जनताको वास्तविक समस्या समाधान गर्नु छ । कुनै पार्टी पुनः संग सम्बन्धित हुनुपर्छ भन्ने छैन मलाई जनताको काम गर्ने सवालमा कुनै पनि पार्टी चाहिंदैन । म जनताको प्रत्येक घर,टोल,छिमेकमा गएर काम गर्नेछु म सँग सम्बन्धित अन्य कार्यालयलाई भन्छु।  म सँग सम्बन्धित निकायलाई भन्छु र मुख्यतः म आफै फिल्डमा खटेर काम गर्नेछु ।

तपाईलाई निकै चुनौती छन् नी ! भौगोलिक हिसाबले कर्णाली त्यसमा पनि मुगु  दूर्गम छ तपाईंको वर्गीय पृष्ठभूमि हेर्दा पनि त्यस्तो घरानाको देखिँदैन के भन्नु हुन्छ ?

मानिस चुनौतीसँग खेल्ने प्राणी हो त्यसकारण चुनौतीहरु छन् र त मज्जा छ । समाजमा अन्तरघुलित समस्या छन् ती मेरोलागी सामान्य जस्तै हो । म मूलतः मुगु जिल्लाकै भएको हुनाले वास्तविक समस्याहरूको पहिचान सजिलै गर्न सकिन्छ तत्काल समधान पनि गर्न सकिन्छ । मैले जनताको काम गर्नु छ सामाजिक मानिसले यस्ता चुनौतिको बढी सामना गर्नु पर्दछ म गर्छु।  मैले जनताको काम गर्नुछ,भूमिहीन दलित जनताको काम गर्नु छ,  भूमिहीनसुकुम्बासी जनताको काम गर्नु छ । यी काम गर्ने सवालमा  मलाई कुनै जाति,धर्म, सम्प्रदाय संग लिनु दिनु छैन र मलाई कुनै धर्म /जातले रोक्दैन पार्टीले रोक्दैन मैले जनताको काम गर्दा मेरो पक्षमा आम जनता हुन्छन् । मैले जनताको काम गर्दा जनहितमा कामगर्दा  आफ्नो काम गर्ने सवालमा समस्याहरूको बाधक कोही हुन्छ भने त्यो आफै जनताले पन्छाउने छन् । मैले जनताको जनपक्षीय काम गर्दा मेरो पक्षमा जनता हुनेछन् मलाई कुनै चिन्ता छैन ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com