Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हमासको लडाइँमा मारिए १२ पत्रकार

असोज,२८ काठमाडौं । इजरायल-हमास लडाइँमा कम्तीमा १२ जना पत्रकार मारिएका छन्। इजरायल-हमास लडाइँ सुरू भएको आठौं दिनसम्म १२ जना पत्रकारहरू मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) लाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

गाजाको इस्लामिस्ट समूह ‘हमास’ ले इजरायलमाथि आक्रमण गरेयता २ पत्रकार सम्पर्कविहीन रहेको र ८ जना घाइते भएको सिपिजेले बताएको छ । मारिनेमध्ये १० जना प्यालेस्टाइनका र एक जना इजरायलका पत्रकार छन्।

सिपिजेले इजरायल-हमास लडाइँमा पत्रकारहरूको अवस्थाबारे अध्ययन गरिरहेको छ। उसले इजरायल-हमास लडाइँको आठ दिनको अवधिमा मारिएका, घाइते भएकाहरूको सूची नै सार्वजनिक गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com