Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौँ ८ वैशाख । स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलले सातवटै प्रदेशका मुख्य सहरहरूमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको आज बिहान बसेको बैठकले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वैशाख १८ गतेदेखि २२ गतेसम्म सात प्रदेशका सात मुख्य सहरहरूमा चुनावी सभा गर्ने निर्णय भएको जानकारी दिए ।

गठबन्धनले वैशाख २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा गर्नेछ ।
‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुन्छ । हामीले १८ देखि २२ गतेसम्म गठबन्धनको तर्फबाट संयुक्त चुनावी सभाहरू गर्ने निर्णय गरेका छौँ,’ नेता गुरुङले भने
गठबन्धनले वैशाख १८ गते धनगढी र सुर्खेत, १९ गते बुटवल र पोखरा, २० गते जनकपुर र विराटनगर तथा २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा गर्ने नेता गुरुङले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com