Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

उपाधि नजिक मनाङ खप्तड गोल्डकप

हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको हो।
धनगढी रंगशालामा आज भएको खेलमा शेर्पालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। निर्धारित समयमा मनाङका लागि शिशिर लेखी र हिमालयन शेर्पाका सुरेश कुमालले गोल गरे।

पेनाल्टीमा शेर्पाका दुई खेलाडीले गोल गर्न सकेनन्। मनाङले अब उपाधिका लागि बिहीबार हुने फ्रेन्ड्स र बागमती क्लबको विजेता टोलीसँग खेल्ने छ। भने फाइलन खेल आउँदो शनिबार हुनेछ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com