Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

रातो मच्छिन्द्रनाथ मन्दिरकाे पुनर्निर्माण ६ वर्षमा पनि सकिएन

काठमाण्डाै – वर्षा र सहकालको प्रतिक मानिने रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणकाे काम थालिएको ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन । ललितपुर महानगरपालिका–२२ बुङ्गमतिमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई २०७२ सालको भूकम्पले ढालेको थियो ।

मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनर्निर्माण भइसकेका छन् । तर, रातो मच्छिन्द्रनाथकाे मन्दिरमा भूकम्पले क्षति पुर्याएको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन नसकेको हो ।

श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७४ सालमा मन्दिर पुनर्निर्माणको काम प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीलाई दुई वर्षमा पुनर्निर्माण सक्ने गरी ठेक्का दिएको थियो । मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार मन्दिरको काम शुरु भएर मन्दिर एक तलासम्म निर्माण भएको थियो । तर प्राविधिक त्रुटि देखिएपछि फेरि भत्काएर शुरुदेखि निर्माण थालिएको थियो । मन्दिरको पुनर्निर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेपछि २०७६ साल पुस १४ गते उपभोक्ता समितिले जिम्मा लिएको थियो ।

सम्झौताअनुसार उपभोक्ता समितिले गएको जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको काम अझै अपुरो रहेको छ । रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने उद्देश्यले तीन करोड आठ लाख आठ हजार नौ सय रुपैयाँ लागतमा मन्दिर निर्माण गर्ने सम्झौता भएको छ ।

सम्झौता मितिमा काम सकिनुपर्ने भए पनि अहिले रोकिएको छ । मन्दिर निर्माणका लागि प्रयोग गरिएको दाजी इँटाको अभाव भएको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष शाक्य बताउनुहुन्छ । बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिरबाट १२ वर्षमा एकपटक रातो मच्छिन्द्रनाथको रथ तयार गरी पाटनमा घुमाएर पुनःरथलाई बुङ्गमतीमै पुर्याउने प्रचलन छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com