Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

मतदातालाइ कष्ट डेढ घण्टा पैदल हिडेर बुद केन्द्रमा पुग्न पर्ने बाध्यता

काठमाडौं २८ वैशाख । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनका ग्याल्बो तामाङले २०४९ सालपछिका निर्वाचनमा मतदान गर्दै आएका छन् । उनले सबैजसो निर्वाचनमा भाग लिएका छन् । उनी एक व्यवसायी पनि हुन् । उनको क्यान्जिनमा होटल छ । निर्वाचनको समयमा उनी होटल बन्द गरेर मतदान गर्न मुण्डुप पुग्छन् । क्यान्जिनबाट मुण्डुप पुग्न डेड घण्टा पैदल हिँड्नुपर्छ । ‘अझैं पहिले पहिले त लाङटाङ जानु पथ्र्यो, उनले भने, अहिले अलि नजिक छ ।

क्यान्जिनबाट लाङटाङ पुग्न २ घण्टा लाग्छ । क्यान्जिनमा ४५ घरधुरी छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । त्यहाँ करिब ७० जना मतदाता छन् । निर्वाचनको दिन होटल बन्द गरेर मतदान गर्न केन्द्रसम्म उनीहरू पुग्ने गरेका छन् ।

‘अहिले पर्यटकको आगमन पनि कम छ, उनले भने, मतदान गर्ने दिन हामी होटलमा बस्दैनौं।’त्यहाँ पर्यटक पुगेपनि मतदान हुने समयमा घुम्ने भएकाले खासै असर पर्दैन । मुण्डुपस्थित सामुदायिक भवनमा मतदान केन्द्र निर्माण गरिएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com