Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा

काठमाण्डाै – जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै पार्टीका पाँच नेतालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरिएको जनाइएको छ ।

पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उल्लङ्घन गरी गुटबन्दी गरेको जनाएको छ । 

यस्तै मण्डलले मन्दिरको व्यवस्थापन समितिको चुनावमा बागी उम्मेदवार बनेर असहयोग गरेको, खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको तथा भगवानदास यादवले पार्टीका बैठक र काम कारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहिन काम गरेको विज्ञप्तिमा जनाइएको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com