Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

काममा फर्किए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन्।

जुम्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरूद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरू नियमित काममा फर्केको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेक सबै ठप्प पारेका थिए।
प्रतिष्ठानका चिकित्सक करण साहमाथि लागेको आरोप फिर्ता लिने सहमतिपछि सबै चिकित्सक काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ।

गत भदौ २ गते डा साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए।
यहाँको एक निजी विद्यालयमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको थियो। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com