२२औं संस्करणको कतार विश्वकप २०२२ को अन्तिम ड्र (शुक्रबार) हुँदै
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार कतारको दोहामा हुने ड्र नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।
विश्वकपमा छनोटभएका टिमहरु ८ समूहमा बाँडिनेछन् । फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको छ ।
विश्वकपका लागि हाल २९ राष्ट्र छानिएका छन् । जसमा आयोजकको रुपमा कतारले पोजिसन ए वान बाट पोट १ मा स्थान लिएको छ । कतारसँगै पोट १ मा विश्व वरीयताको शीर्ष सात टोलीहरुसँग सामेल छन् । जसमा ८ देखि १५ औं स्थानको वरीयतामा रहेका टोली पोट २ मा छन् । त्यस्तै १६ देखि २३ औं वरीयतामा रहेका टोलीहरु पोट ३ मा छन् भने पोट ४ मा २४ देखि २८ औं स्थानका वरीयताको टोलीहरु रहेका छन् । यसै पोटमा अन्तरमहादेशीय प्ले–अफका विजेताहरु र यूईएफए प्ले–अफको विजेताहरू सामेल हुनेछन् ।
सामान्यतया २०२२ को विश्वकप समरमा हुने तालिका थियो । कतारमा हुने गर्मिका कारण तालिका पछि सरिएको थियो । नोभेम्बर २१ बाट सुरु हुने विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।
कुन पोटमा कुन टोली ?
पोट १( कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इङ्ल्यान्ड, स्पेन र पोर्चुगल
पोट २( मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे,स्विजरल्यान्ड, अमेरिका र क्रोएसिया
पोट ३( सेनेगल, इरान, जापान, मोरोको, सर्बिया, पोल्यान्ड, कोरिया र टुनिसिया
पोट ४( क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेविया, घाना, अन्तर्राष्ट्रि प्लेअफ १ र २ बाट आएका दुई टोली र यूईएफए प्लेअफको विजेता ,