Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

स्थानीय तह निर्वाचन : दाङमा कसले कति पालिका जिते ?

हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्लाका १० स्थानीय तहमध्ये काँग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा विजय हासिल गरेको छ ।

यहाँका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराहीको नगरप्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा हुमा डिसी विजयी भएका छन् भने तुलसीपुरको नगरप्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् । काँग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ । यि पालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको हो ।

माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यि तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा काँग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाले बताए । वडा तहमा भने एमालेले धेरै सिट जितेको छ । १०० वडा रहेको दाङमा एमालेले ४० वटा वडाध्यक्ष जित्न सफल भएको छ । काँग्रेसले ३७ र माओवादी केन्द्रले १९ वटा वडा जितेको छ । एकीकृत समाजवादी र जनमोर्चाले एकरएक तथा स्वतन्त्रले दाङमा दुई वटा वडा जितेको छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com