Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

असार,१९ काठमाडौं । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

उनका अनुसार असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।

उपचारको क्रममा सोमबार साँझ न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाठकले बताए। प्रहरीका अनुसार मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका-५का २० वर्षीय राजन थापा र मोटरसाइकल पछाडि बस्ने २४ वर्षीय साजन कार्की सामान्य घाइते भएका थिए। उनीहरूको स्वास्थ्य अवस्था समान्य छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com