Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

दिल्लीमा एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गयो

भारतकाे राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएकाे बीबीसी हिन्दीले जनाएको छ । हिजै २२ वटा दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासपछि आगो निभाइएको खबरमा उल्लेख छ ।

आगो निभाइसकेपछि सात जनाको शव निकालिएको थियो । गोदामभित्र कति मानिस थिए भन्ने अझै यकिन हुन नसकेको र भित्र फसेका बाँकी व्यक्तिहरुको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । आगो लागेपछि नजिकै रहेका घर र पसलका मानिसहरुले भने भागेर ज्यान बचाउन सकेका प्रहरीको भनाइ छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com