Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

सुरक्षा भत्ता बुझ्न जाने सेवाग्राहीलाई गाडीको सुविधा

भदौ, ७ काठमाडौं । जुम्ला – जुम्लाको हिमा गाउँपालिका १ ले सामाजिक सुरक्षा भत्ता बुझ्न जाने सेवाग्राहीलाई गाडीको सुविधा दिन थालेको छ । वडा नम्बर १ का धेरैलाई बैंकमा आउन झन्डै एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान गाडीको सुविधासहित सामाजिक सुरक्षा भत्ता बुझ्न र घर आउन सहज हुने भएको छ ।

वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षा भत्ताका लागि गाडीको व्यवस्थापन गरी सेवा दिइएको छ । वडा अध्यक्ष शाहीका अनुसार बालबालिका दुई सय ६१ जना, ज्येष्ठ नागरिक एक सय ७३ जना, एकल महिला १८ जना र अपाङ्गता भएका व्यक्ति चार जनालाई गाडी रिजर्भ गरेर सेवा दिइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com