Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ब्राउनसुगरसहित बाँकेमा तीन जना पक्राउ

असोज, १ काठमाडौं । बाँकेमा ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रीमान-श्रीमतीसहित तीन जना छन्।
कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीकाअनुसार यशोदा कार्कीको चप्परडौडीस्थित घरबाट शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, पाँच लाख ७३ हजार हजार ८ सय १० रुपैयाँ, डिजिटल तराजु बरामद भएको डिएसपी घर्तीले बताए।

घर्तीका अनुसार रुद्रबहादुर कार्की पेशाले चालक थिए। उनले ब्राउनसुगरको प्रयोग तथा कारोबार गर्दै आएका थिए।
‘पति-पत्नि प्रयोगकर्ता र ब्राउनसुगरको अबैध कारोबारी भएको खुलेको छ,’ डिएसपी घर्तीले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com