Yeti Khabar

२०८१ जेष्ठ १०, बिहीबार - Thu May, 2024 -

सत्ता–प्रतिपक्षी शीर्ष नेताको छलफल आज पनि बस्दै

साउन,२३ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको बैठक आज पनि बस्दै छ। आज बिहान १० बजे प्रधानमन्त्री निवासमा सभामुख देवराज घिमिरेसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुन लागेको हो।

सुन प्रकरण छानबिनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरूद्ध गर्दै आएको छ। साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन निरन्तर अवरूद्ध छ।
अवरूद्ध सदन खुलाउने विषयमा हिजो पनि सभामुख घिमिरेको पहलमा दुई पटक बैठक बस्यो। तर, निष्कर्ष निस्कन सकेन।

‘संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। सांसदहरूले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधिकतमतह रूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु। म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु,’ हिजो सभामुख देवराज घिमिरेले भनेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com