Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

प्रधानमन्त्री र जो बाइडेनकी विशेष सहायक लाउबाचरबीच शिष्टाचार भेट

sharethis sharing button

नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बुधबार वरिष्ठ निर्देशक लाउबाचरले  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउनेबारेमा छलफल गरेका थिए। बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेकी उनले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गरेका थिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com