Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

चीनको सिचुआनमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै प्रभावित

काठमाण्डौ – चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै नागरिक प्रभावित भएका छन् ।

प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार सिचुआनमा झण्डै ८५ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

हिजो मंगलवार भएको वर्षाले जनजीवन कष्टकर भएको छ । यसअघि सिचुआनले २६ वटा क्षेत्रमा बाढीको उच्च जोखिमसहित पहेंलो चेतावनी जारी गरेको थियो ।

प्रान्तीय बाढी नियन्त्रण मुख्यालयले नागरिकलाई सामाजिक सञ्जाल र वेबसाइटमार्फत पूर्व चेतावनी पठाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा राहत तथा नागरिकलाई सुरक्षित ठाउँमा राख्ने काम भैरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com