Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

काठमाण्डौ उपत्यकामा आज यो वर्षकै चिसो

पुष,२० काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज यो वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

विहीवार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना छ ।

आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने सम्भावना तत्काल नरहेको मौसमविद् मानन्धरले बताउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com