Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बस, स्कुटर र एम्बुलेन्स ठोक्किँदा चारजना घाइते

फागुन,१४ काठमााडौंं । नवलपरासीको गैँडाकोट नगरपालिका– २ भृकुटी चोकमा बस, स्कुटर र एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बर्दियातर्फ आउँदै गरेको बाप्र ०६००१ ख ०१९६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना.३६प ९०४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग।१च ७१५२ नम्बरको बिरामी बोकेको एम्बुलेन्ससँग ठोक्कीएको हो ।

दुर्घटनामा परी स्कुटरचालक गैँडाकोट– ६ निवासी ३३ वर्षीय किशोर गौतम, एम्बुलेन्समा सवार मिर्गौलाका बिरामी मध्यविन्दु– १२ का ७५ वर्षीय मानबहादुर कुमाल, एम्बुलेन्समा सवार मध्यविन्दु– १२ का ४० वर्षीय भोटबहादुर कुमाल र ४५ वर्षीय सोमबहादुर कुमाल घाइते भएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com