Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

होटलको शौचालयमा झुण्डिएको अवस्थामा एक जना मृत फेला

बैशाख, १२ काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित होटलमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
अत्तरियाको पहाड रोड बसपार्क अगाडिको न्यु सत्कार होटल एण्ड लजको शौचालयमा दार्चुलाको ब्यास गाउँपालिका–३ का ४० वर्षीय मोहन सिंह मृत अवस्थामा फेला परेका हुन् ।

उनी उक्त होटलमा वैशाख १० गते बिहान कोठा लिएर बास बसेका थिए । उनी कोठाबाट बाहिर नआएपछि चेकगर्दा वैशाख ११ गते कोठाको शौचालयमा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कूलदीप चन्दले होटलको १०३ नम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए । चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com