Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

मत सूचनादाताले १० हजार घटाइदिएपछि ……

काठमाडौं ४ जेठ । महानगरपालिकाले राष्ट्रियसभा गृहमा जारी मतगणनाको मतपरिणाम बेलाबेला जानकारी गराउने गरेको छ । अध्यावधिक मतपरिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले भर्चुअल माध्यममार्फत बुलेटिनकै रुपमा सार्वजनिक गर्ने गर्छ । आज ‘२६ औं मत परिणाम सार्वजनिक’ गर्न आयोजित प्रेस ब्रिफिङमा सूचनादाता चिप्लिँदा केही असहज अवस्था बन्न पुग्यो ।

हालसम्म गणना भएको मतको विवरणबारे जानकारी दिन उपस्थित थिए, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना प्रविधि सहायक गोविन्द झा । उनले मत परिणाम गलत बाचन गरिदिएपछि गणना सुन्न उपस्थितहरु अन्योलमा देखिए । उनले लौरो चुनाव चिह्नमा चुनाव लडेका बालेन्द्र शाहले ८ हजार ३७ मत मात्रै पाएको भनिदिए ।

लगातार मेयर र उपमेयर पदको मतपरिणाम सार्वजनिक गरेपछि बिदाबारी भइसकेका उनलाई अन्तिम समयमा कसैले बालेनको १० हजार मत कम बाचन भएको भनेर भनेपछि सच्याए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com