Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

सप्तकोशीमा डुंगा दुर्घटना हुँदा एक बेपत्ता

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित सप्तकोशी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ।

चार जना युवा डुंगामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकराम बस्नेत र नितेश बस्नेतलाई सकुशल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता भएका विष्टको खोजी भइरहेको छ। गोताखोर टोली, प्रहरी, स्थानीयबासीले खोजी गरिरहेको छ। खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com