Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु

साउन,२ काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ ।

आजको बैठकमा महामन्त्री गगन थापा समूहले सभापति शेरबहादुर देउवालाई विभिन्न विषयमा र्‍याखर्‍याख पार्ने तयारी गरेको छ । केही समय पहिले देउवाविरुद्ध निकै आक्रोशित हुने शेखर कोइराला समूह भने पछिल्लो समय केही संयमित देखिएको छ । संस्थापन पक्षले भने प्रतिकूल अवस्थामा पनि पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता–राजनीतिको केन्द्रमा ल्याएको र चुनावमा पहिलो दल बनाएको लगायत विषय उठाउँदै छ ।

कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पनि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । गएको मङ्सिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com