Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो

२०७८ सालको जनगणनाअनुसार जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा छ।

पहिलोमा भक्तपुर, दोस्रोमा रूपन्देही र तेस्रोमा चितवन रहेको तथ्यांक कार्यालय चितवनले जनाएको हो।

कार्यालयले बिहीबार आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार जिल्लामा २०६८ सालको जनगणनामा जनसंख्या वृद्धिदर २.६ थियो। २०७८ सालमा २.७ प्रतिशत छ।

त्यस्तै २०६८ सालको जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर थियो। अहिले बढेर तीन सय २५ पुगेको छ। जिल्लाको जनसंख्या सात लाख १९ हजार आठ सय ५९ छ। तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरूष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्यांकले देखाएको छ।

२०६८ सालमा जिल्लाको जनसंख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो। पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन्।

परिवारको औसत आकार ४.१ रहेको भण्डारीले जानकारी दिए। जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएका छन्। त्यस्तै स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन्। तीमध्ये पुरूष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन्। सोह्र हजार चार सय ९६ अपांगता भएका व्यक्ति छन्। तीमध्ये आठ हजार सात सय ६७ पुरूष र सात हजार सात सय २९ महिला छन्। जिल्लाको साक्षरता दर ८३.६८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

बाह्रौं राष्ट्रिय जनगणनाअनुसार जिल्लाको सबैभन्दा धेरै जनसंख्या भएको पालिका भरतपुर महानगरपालिका छ। भरतपुर महानगरमा मात्रै तीन लाख ६९ हजार दुई सय ६८ बसोबास गर्छन्। सबभन्दा कम इच्छाकामना गाउँपालिकामा २७ हजार छ सय ४३ बसोबास गर्दै आएको तथ्यांकमा उल्लेख छ।

यस्तै कालिका नगरपालिकामा ५२ हजार एक सय ६४, खैरहनी नगरपालिकामा ६७ हजार तीन सय ८५, माडी नगरपालिकामा ३८ हजार दुई सय ९५, राप्ती नगरपालिकामा ६६ हजार छ सय १७, रत्ननगर नगरपालिकामा ८९ हजार नौ सय पाँच रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय जनगणनाको तथ्यांकले नीति निर्माणमा सहयोग पुग्ने बताए। यो तथ्यांकका आधारमा नीति निर्माण तथा विकास निर्माणमा सहयोगी बन्ने भन्दै उनले यस्ता तथ्यांकको सही सदुपयोग हुन आवश्यक रहेको बताए।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्ता तथ्यांकलाई अझै विस्तृत रूपमा केलाउन सके समाजको विकासमा सहयोगी बन्ने बताए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com