Yeti Khabar

२०८१ जेष्ठ ८, मंगलवार - Tue May, 2024 -

हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ।तिब्बत सरकारले अनुदान स्वरुप एक हजार क्विन्टल चामल तथा सोही परिमााण्मा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए। 

प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उनले सोलार प्यानल वडाका विद्यालयमा जडान गरिने बताए।तिब्बतबाट प्राप्त सहयोग हिल्सा नाकामा आइपुगेको र ती सामग्री शीघ्र गाउँ ल्याइने उनको भनाइ छ।  

बजारको अनुगमन

हुम्ला जिल्ला उद्योग वाणिज्य सङ्घले वैशाख ४ गतेको निर्णयअनुसार स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी नेतृत्वको टोलीमा सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुशीला रोकाया, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारी लगायतले बजार अनुगमन गरेको हो। -रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com