Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

तीनजना शिक्षकहरुले छात्राहरुमाथि यौन दुर्व्यवहार

२२ चैत, काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै आज विद्यालयमा विद्यार्थीहरुले तोडफोड र तालाबन्दी गरेका छन् ।

विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीनजना शिक्षकहरुले यौन दुर्व्‍यवहार गरेको भन्‍दै उनीहरुलाई निकाल्न माग गर्दै तोडफोड र तालाबन्दी गरेका हुन् ।

विद्यालयका तीन शिक्षकहरुले गलत नियतले छात्राहरुमाथि दुर्व्‍यवहार गरेको भन्‍दै फागुन ११ गते अभिभावकले र फागुन २० गते विद्यार्थीहरुले विद्यालय प्रशासनमा मौखिक उजुरी गरेका थिए ।

विद्यार्थीहरुले शिक्षकहरुलाई निष्कासन गर्नुपर्ने माग राखेपछि आज विद्यालय प्रशासन, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीको संयुक्त बैठक बोलाइएको थियो । तर बैठक बसिरहेका बेला विद्यार्थीहरु बाहिर निस्केर विद्यालयमा तोडफोड गरेको प्रधानाध्यापक राईले बताए ।

उनले भने ‘आज सबै पक्ष बैठक बसिरहेका थियौं । बैठक बस्दाबस्दै विद्यार्थीहरुले बैठकमा भएको कुराकानी चित्त नबुझेको भन्दै निस्केर भौतिक संरचना तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com