Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

अमेरिकामा गोली हानेर तीन जनाको हत्या

अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् । फ्लोरिडामा एक व्यक्तिले एक पसलमा तीन जना व्यक्तिको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली चलाएका स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मुखमा मास्क लगाएर गोली चलाउने व्यक्ति २० वर्षका थिए ।

गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ । दुई जना पुरुष र एक महिलामाथि गोली चलाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । लगत्तै उनले आफैँमाथि गोली चलाएका हुन् ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com