Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

चुनावका लागि भारतले नेपाललाई दियो २०० गाडी

निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान गरेको छ।
मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन्।

नेपाल सरकारको अनुरोधमा यी सवारीसाधन उपलब्ध गराइएको जनाइएको छ।

यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ। चुनावपश्चात १२० वटा गाडी सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ।
नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरूप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ।सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com