शेरबहादुर देउवा र नरेन्द्र मोदी बिच आज भेट हुदै
काठमाडौं १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा रहेका छन् । प्रधानमन्त्री देउवा हिजो भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।
भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ ।
११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।