Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

कांग्रेस र लोसपाका नेताहरू ७ घन्टादेखि निरन्तर छलफलमै

आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुंग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए।

उनले भने, उहाँ (नेताहरू) सात घन्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ। सिट बाँडफाँटको टुंगो लगाएर मात्रै फर्किनुहुन्छ।
सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको हो।

छलफलमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाल लगायत सहभागी छन्।
जसपाले भने नेकपा एमालेसँग १४ जिल्लामा चुनावी तालमेल गरिसकेको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com