Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मोरङमा आगलागी हुँदा श्रीमान् र श्रीमती घाइते, झन्डै चार करोड बराबरको क्षति

कार्तिक,२५ काठमाडौं । मोरङको बेलबारी नगरपालिका-१ ढुकुरो चोकमा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गएराति पौने २ बजे डबलबहादुर खाण ठकुरीको तीन तले पक्की घरमा आगलागी भएको हो । आगलागीमा परेर उहाँका ३० वर्षका छोरा भुषण ठकुरी र २८ वर्षकी बुहारी नमिता ठकुरी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीमा झन्डै चार करोड रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीका कारण घरका सबै सामग्री जलेर नष्ट भएको छ । घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँ सहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगो निभाउन विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका पालिकाबाट दमकल गएको थियो । ८, ९ वटा दमकल, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा राति साढे ३ बजेतिर आगो निभाइएको बेलबारी नगरपालिका-१ का वडा अधयक्ष मणिबहादुर पुलामी मगरले बताउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com