Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बर्दियाको राजापुर नगरपालिकामा तालाबन्दी

भदौ,२२ काठमाडौं । बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति एवं अन्य करको बिरोध गर्दै बिभिन्न राजनीतिक दलले तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ति, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् । नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरूको आरोप छ ।

भदौ १५ गते वडा कार्यलयहरू घेराउ १८ गते नगरपालिका घेराउलगायतका शान्तिपूर्ण बिरोधका कार्यक्रम गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि थप आन्दोलन घोषणा स्वरुप नगरपालिकामा तालाबन्दी गरिएको नेपाली कांग्रेसका नगर सभापति महेश चौधरीले बताए ।

कर वृद्धि घटाउन आम समुदायको गुनासो आएकाले शान्तिपूर्ण आन्दोलन गरेको नेकपा एमालेका नेता शिवप्रसाद चौधरीले बताए । यता नगरप्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दाबी गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com