Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

इङ्ल्याण्डसँग भारतको लज्जास्पद हार

इंग्ल्याण्डले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतलाई १ सय रनको फराकिलो अन्तरले हराएको छ।
जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रनमा समेटियो।

भारतका लागि रविन्द्र जडेजा र हार्दिक पान्ड्याले सर्वाधिक २९-२९ रन बनाए। यस्तै सूर्यकुमार यादवले २७ रन बनाउँदा मोहम्मद शामीले २३ तथा विराट कोहलीले १६ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कप्तान रोहित शर्मा, ऋषव पन्त र प्रसिद्ध कृष्ण शून्य रनमा आउट भए।
ओपनर शिखर धवनले ९ रन जोड्दा युजवेन्द्र चहल ३ र जसप्रित बुमराह २ रनमा आउट भए।

भारतलाई सस्तैमा रोक्न तीव्र गतिका बलर रिस टोप्लीले कीर्तिमानी प्रदर्शन गरे। लिए। टोप्लीले ९.५ ओभरमा २ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिए। यो इंग्ल्यान्डका बलरले ओडिआईमा गरेको हालसम्मकै उच्च प्रदर्शन हो।

यस्तै डेविड विल्ली, बायडन कार्स, मोईन अली र लियाम लिभिङस्टोनले समान १–१ विकेट लिए ।
त्यसअघि लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड ४९ ओभरमा २ सय ४६ रनमा अल आउट भएको थियो।
इंग्ल्यान्डका लागि मोईन अलीले सर्वाधिक ४७ रन बनाए। यस्तै डेविड विल्लीले ४१ रन बनाउँदा जोनी बेयरस्टोले ३८ रन जोडे।

ओपनर जेसन रोय २३ रनमा क्याच आउट हुँदा जो रुटले ११ रन बनाए। यस्तै बेन स्टोक्सले २१ रन बनाउँदा जस बटलर ४ रनमा आउट भए। लियाम लिभिङस्टोनले ३३ रन बनाए।

भारतका लागि युजभेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए। यस्तै जस्प्रित बुमराह र हार्दिक पान्ड्याले समान २-२ विकेट लिँदा प्रसिद्धकृष्ण र मोहम्मद शामीले समान १-१ विकेट लिए।

यो जितसँगै ३ खेलको सिरिज घरेलु टोलीले १-१ को बराबरीमा ल्याएको छ। यसअघि पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो। अन्तिम खेल आइतबार म्यानचेस्टरमा हुनेछ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com