Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

श्रीलंकालाई २.९ अर्ब डलर ऋण दिन आइएमएफ सहमत

आर्थिक संकटमा फसेको श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले २.९ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ।
समाचार संस्था एएफपीका अनुसार अगस्ट २४ देखि श्रीलंका भ्रमणमा रहेक आइएमएफको टोली र श्रीलंकाका अधिकारीबीच श्रीलंकाली अर्थतन्त्रलाई उकास्नका लागि ४८ महिनासम्म उक्त ऋण दिने सहमति भएको हो। यो सहमतिलाई स्टाफ लेभलको भनिएको छ।

अब आइएमएफको कार्यकारी बोर्डले यो सहमतिलाई अनुमोदन गर्नुपर्नेछ।
यो ऋणअन्तर्गतको रकम श्रीलंकाले अर्थतन्त्र सुधारमा लगाउनु पर्नेछ।

सन् १९४८ पछि सबैभन्दा ठूलो आर्थकि संकटसँग जुधिरहेको श्रीलंकाले आइएमएफबाट ३ अर्ब डलर ऋणको अपेक्षा गरेको थियो।
आर्थिक संकटपछि श्रीलंकामा राजनीतिक संकट चुलिएको थियो। गत असारमा श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपति भवनमा कब्जा जमाएका थिए।

देश छोडेर भागेका तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षे माल्दिभ्स, सिंगापुर हुँदै अहिले थाइल्यान्ड पुगेका छन्।
विदेशी मुद्राको अभाव हुँदा श्रीलंकाले अन्तर्राष्ट्रिय समुदायको ऋण तिर्न सकेको छैन भने दैनिक उपभोग्य वस्तुको आयात पनि रोकिएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com