Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

रोनाल्डो किन्न साउदी क्लब तयार

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ ।

नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार भएको हो । उनले सम्झौता एक वर्षको गर्ने बताएको छ । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन् । पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन् ।

गत समरमै क्लबले कीर्तिमानी ३०५ मिलियन युरो खर्च गर्न चाहेको थियो । तर, रोनाल्डोले त्यसमा कुनै सहमति जनाएनन् । हाल भने रोनाल्डो विश्वकपमा केन्द्रित छन् । उनी सम्मिलित टोलीले आज राति स्विट्जरल्यान्डसँग खेल्दैछ ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com