Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पुष्पा २ को टिम चढेको बस दुर्घटना

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्म पुष्पा २ को छायांकन भइरहेको छ।
फिल्मको छायांकन भइरहँदा पुष्पा २ टिम चढेको बस दुर्घटनामा परेको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार हैदवाद-विजयवाडा राजमार्गमा बस दुर्घटना भएको हो।

उक्त राजमार्गमा निर्माण टिम चढेको बस र आरटिसी बस ठोकिएको थियो। दुर्घटनामा दुई जना कलाकार घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। तर निर्माण टिमले घाइते हुने कलाकारको नाम सार्वजनिक गरेका छैनन्।

केही समयअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा पुष्पा जेलबाट फरार भएको प्रसंगलाई देखाइएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com