हुम्लाको चङ्खेली गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु
असोज,२४ काठमाण्डौ । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।
५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयो ।
घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
Facebook Comment