Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

माओवादी बैठकमा प्रचण्डको भारत भ्रमणबारे छलफल

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को शुक्रबारदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ।
बैठकमा अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गराएका थिए।

बैठकले उनको भ्रमण सफलताको कामना गरेको छ। करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए।

सो भेटका अवसरमा दाहालले जुलाईको पहिलो वा दोस्रो सातासम्म भ्रमण सम्भव हुने जवाफ दिएका थिए।
सोहीअनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष दाहाललाई भारत भ्रमणको औपचारिक पत्राचार गरेका थिए। दाहाल आगामी साउन १ गते आइतबार स्वदेश फर्कनेछन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com