Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

दिल्लीको प्लेअफ सम्भावना कायमै, हैदारावाद पराजित

सनराइज हैदारावादलाई हराउँदै दिल्ली क्यापिटल्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफ सम्भावना कायमै राखेको छ।
जारी लिगमा पाँचौ जित निकाल्ने क्रममा दिल्लीले हैदारावादलाई २१ रनले हरायो।

२ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन मात्र बनाउन सक्यो। उसका लागि विकेटकिपर निकोलस पुरनले अर्धसतकीय पारी खेले। ३४ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनले ६२ रन जोडे।

यस्तै एडेन माक्ररमले ४२ तथा राहुल त्रिपाठीले २२ रन जोड्दा अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
ओपनर अभिषेक शर्मा ७ र कप्तान केन विलियम्सन ४ रनमा आउट भए । शशांक सिंह १० र शेन एबोट तथा कार्तिक त्यागीले समान ७-७ रन बनाए। यस्तै श्रेयस गोपालले ९ रन बनाउँदा भुवनेश्वर कुमार ५ रनमा अभिजित रहे।

दिल्लीका खलिल अहमदले सर्वाधिक ३ विकेट लिए । शार्दुल ठाकुरले २, एनरिच नोर्किया, कुलदीप यादव र मिचेल मार्शले १–१ विकेट लिए ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनायो। उसका लागि डेविड वार्नरले उत्कृष्ट इनिङ्स खेले। ५८ बल खेलेका उनले १२ चौका र ३ छक्कासहित ९२ रनमा अविजित रहे।

यस्तै रोभम्यान पावेलले ३५ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनको अविजित इनिङ खेल्दै दिल्लीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए। चौथो विकेटका लागि पावेल र वार्नरले ६६ बलमा १ सय २२ रनको अविजित साझेदारी गरेका थिए।
यसअघि ओपनर मन्दीपसिंह शून्यमा आउट हुँदा मिचेल मार्श १० र ऋषभ पन्तले २६ रन जोडे।

हैदराबादका भुवनेश्वर कुमार, शेन एबोट र श्रेयस गोपालले समान १–१ विकेट लिए।
यो जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्लीले प्लेअफ सम्भावना कायमै राखेको छ। बाँकी चार मध्ये कम्तिमा तीन खेलमा जित निकाल्न सके १६ अंकका साथ प्ले अफमा पुग्नेछ।

पराजित हैदराबादको पनि प्लेअफ सम्भावना कायमै छ। समान खेलबाट समान १० अंक जोडेको हैदारावादले प्लेअफमा पुग्न बाँकी चार मध्य कम्तिमा तीन खेलमा जित निकाल्नुपर्छ।

जारी लिगमा १० खेलबाट १६ अंक जोडेको नवप्रवेशी गुजरात शीर्ष स्थानमा छ। अर्को नवप्रवेशी लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ। राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंलोर समान १२ अंकसहित तेस्रो र चौथो स्थानमा छन्।
समान १० अंक जोडेका दिल्ली, हैदारावाद र पञ्जाब क्रमशः पाँचौ, छैठौं र सातौं स्थानमा छन्।

कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ। चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ। ९ मध्ये १ खेलमा जित निकालेको मुम्बई पुछारमा छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com