Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्नुस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।
१७ औं जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्र लगायतका संघ-संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्यको व्यवहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘जातीय भेदभाव तथा छुवाछूत भनेको घृणित, सामाजिक रूपमा अनैतिक, अमानवीय, कानुनी रूपमा गम्भीर अपराधपूर्ण कार्य हो, यसको अन्त्यसँगै सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो।’

नेपाली कांग्रेसका सभापति देउवाले सबै प्रकारका विभेदको आआफ्नो ठाउँबाट प्रतिवाद गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गरी समृद्ध समाज र राष्ट्र निर्माणको निम्ति राष्ट्रिय अभियानमा सहभागी हुन अपिल गरे।

‘नेपालमा विद्यमान जातीय भेदभाव तथा छुवाछूतको विरूद्धमा विगत सात दशकदेखि आवाज उठ्दै आएको छ, समाजका सबै नागरिकले विना भेदभाव सम्मानित रूपमा बाँच्न पाउनुपर्छ भन्ने आन्दोलन आफैंमा शसक्त छ, मानव सृष्टि सभ्यताको विकाससँगै सुरू भएको विभेद, विकृति, विसङ्गतिले व्यक्ति, परिवार, समाज र राष्ट्रमा नकारात्मक प्रभाव पारेको छ, समाजमा विद्यमान धर्म, परम्परा र संस्कृति तथा मानवबीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदको व्यवहार हुनु आफैंमा अपमानजनक कार्य हो’, उनले भने।

वि.सं २०५८ मा छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना, २०६३ सालमा छुवाछूतमुक्त राष्ट्रको घोषणा र दलित समुदायको संवैधानिक हकको सुनिश्चितताको स्मरण गर्दै उहनले दलित समुदायको आन्दोलनले नीति निर्माणमा सरकारलाई बल पुगेको बताए।

प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा लोकतन्त्रको स्थापना र पुनःबहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्नेबारे पटकरपटक सार्वजनिक घोषणा भएका छन्, जातीय भेदभाव र छुवाछूत समाजको कलंक हो, यो कलंककै रूपमा रहनु हुँदैन, प्रत्येक नागरिकको न्यायमा समानता हुनेगरी जीवन जिउन पाउनुपर्छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com