Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

डाक्टरलाई कारबाही माग गर्दै आफन्त आन्दोलनमा, ६ दिनदेखि शव अस्पतालमै

दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गयो। चैत्र २९ गते हिँडेरै पाठेघर उपचारका लागि अस्पताल पुगेकी बलामीको त्यही दिन साँझ चिकित्सकहरूले मृत घोषणा गरे। त्यसपछि आफन्तहरू लगातार आन्दोलित भइरहेका छन्। अस्पताल प्रशासन र आफन्तबिच सहमति हुन नसक्दा ६ दिनदेखि शव अस्पतालमै रहेको छ। 

रगत बग्ने र तल्लो पेट दुख्ने समस्या भएपछि नेपाली सेनामा कार्यरत श्रीमान् नमराजले अस्पताल लगेका थिए। ‘उपचार गराउन जाँदा बुहारी सकुशल थियो।’ जेठाजु हर्क बहादुर बलामीले भने, केही बेरमै शंकास्पद रुपमा मृत्यु घोषणा गरियो।’ अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अप्रेसनमा डाक्टरको लापरबाहीले ज्यान गएको भन्दै शुक्रवारबाट लगातार कारबाहीको माग गर्दै आन्दोलन भइरहेका छन्।

अस्पताल परिसरदेखि वीरेन्द्रनगरका मुख्य मुख्य चोकमा आफन्तहरूले दिनहुँ प्रदर्शन गरिरहेका छन्। अस्पतालसँग वार्ता बसे पनि सहमति हुन सकेको छैन। जसका कारण आफन्तहरूले दुई दिन कर्णाली राजमार्ग समेत बन्द गरेका छन्। आफन्तहरूले सत्यतथ्य रुपमा छानबिन र बच्चाको हेरचाहको माग मुख्य रुपमा अघि सारेका छन्। मृतकको ८ महिने छोरी रहेकी छिन्। आफ्ना मागमा अस्पताल पक्षबाट बेवास्ता गरिएको भन्दै पोस्टमार्टम गर्न पीडित पक्षले अस्वीकार गरिरहेका छन्। अस्पताल प्रशासनले लगातार वार्ता गरिरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।  नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com