Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सबै तहका कमिटी निर्वाचनमार्फत चयन गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सवै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । परम्परागत ढंगले कमिटीहरु गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरु गठन गर्न लागेको हो ।

माओवादीले अहिलेसम्म अधिकांश पार्टी कमिटी चयन गर्दा टीके प्रथाबाट गर्दै आएको थियो । माओवादी केन्द्रकी केन्द्रीय सदस्य नारायणी शर्माले बैठकले पार्टी तथा जनसंगठनका सम्पूर्ण कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने जानकारी दिइन् । शर्माका अनुसार बैठकले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि सातै प्रदेशका सातवटा वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अन्र्तगत खटिने निर्णय भएको छ ।

यस्तै सबै पदाधिकारीको कार्यविभाजन तोकिएको छ भने रुपान्तरण अभियानको कार्यक्रम तय भएको छ । आगामी भदौ १६ गते एक समारोहकाबीच अभियानको शुभारम्भ गर्नेपनि केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी पाएका पदाधिकारीहरुले स्थायी र केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजनको टुंगो लगाएर सर्कुलर जारी गर्ने महासचिव देव गुरुङले जानकारी दिए ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा पाँच दिन चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक एकअर्कालाई प्रशिक्षित गर्ने र अन्तरक्रिया गर्ने थलोका रुपमा प्रभावकारी भएको बताए । उनले भने, ‘यो बैठक आत्मालोचनाको बैठक पनि भयो । हामीले जतिबेला जनयुद्ध गर्ने भनेका थियौं, त्यतिबेला पनि नेताप्रति अविश्वास थियो । त्यसैगरी अहिलेसम्म पनि अबको बाटो कुन हो भनेर आलोचना खेप्नु परिरहेको छ ।’

अध्यक्ष प्रचण्डले पार्टीले जनसम्बन्धलाई बचाइराख्न नसकेकोे स्वीकार गरे । ‘हरेक असफलताको प्रयोगबाट फेरि उज्यालो बाटो देखिन थालेको छ । हामी माओवादी मात्र छैनौं, जनआन्दोलनबाट आएकाहरु पनि हुनुहुन्छ । यो सवै कुरालाई बुझ्न जरुरी छ’, प्रचण्डले भने, ‘अब हामी नयाँ बैचारिक स्तरबाट उठ्न जरुरी छ ।

पार्टी रुपान्तरुणको अभियान आजैबाट सुरु भएको भन्दै अध्यक्ष प्रचण्डले अव पछि फर्कने छुट नभएको पनि बताए । रातोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com