Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अफगानिस्तानको कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मा आईएसले लियाे

 

अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

हिजो भएको बम विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अफगानिस्तानको तालिबान सरकारले कान्दाहार शहरको बैंकमा आत्मघाती बम विष्फोट भएको बताएको छ । आईएसले बम विष्फोटको जिम्मेवारी लिँदै तालिबान लक्षित आक्रमण गरेको बताएको छ । 

आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झन्डै एक सय ५० तालिबानी सदस्यबीच विस्फोटक पदार्थ विस्फोट गराएको बताएको खबरमा उल्लेख छ । यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो ।  सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो ।

तालिबान सरकारले ज्यान गुमाउनेको सङ्ख्या तीन जनामात्रै भने पनि कान्दाहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसका एक डाक्टरले विस्फोटमा २१ जनाको ज्यान गएको र कम्तीमा ५० जना घाइते भएको बताएका छन् । तालिबानका सर्वोच्च कमान्डर बस्ने कान्दाहार सहर तालिबानको शक्तिको केन्द्र मानिन्छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com